लाँकुरी रुट्स: गजल -५

गजल -५

Thursday, December 24, 2009


कल्पनाका ती मेरा, महल बिचरा,
कोपिलामै झरेका, गजल बिचरा ।

नआएर उनी, तरंग छुटाउन,
तलाउ जस्तै सदा, अचल बिचरा ।

एकै अञ्जुली ऊन्को, डुब्ने चाहमा,
प्यासी आफैँ कूवा, पलपल बिचरा ।

विचारले थिच्दा, मनले उचाल्दा पनि,
बनेर गीत खुल्न, असफल बिचरा ।

कमजोर देखिए, सबल भएर पनि,
मेरा दिलका चहलपहल बिचरा ।

काफिया झरी, रदिफ चुँडिएर,
एक्लै तखल्लुस, हरपल बिचरा ।
- रविन्द्र रिजाल

No comments:

Post a Comment

Your feedback ?