मेरो सिसा फुटेको, ठूलो खबर भो ,
टुक्रा-टुक्रामा पुरा, सब्को रहर भो ।
खोज्दा आफ्नै पहिचान चिरा चिरामा,
उठ्यो पाउ शिर, झुकेको बगर भो ।
भन्छन् चढ्यो बलि, खुन पसिनाको,
युग् प्याला जो शत्रुको, आफ्नै (खुद्को)जहर भो ।
को पहरेदार् को लुटेरा, चिन्नै छ गार्हो,
आफूसँग दुस्मन, आफ्नै शहर भो ।
को जन्ती को मलामी, आफ्नै तस्विरको
उठाएर हेर्नै नसक्ने नजर भो ।
के गर्नु गर्व भोलि, रित्तो मझेरीको (दिवारको),
आँखा चिम्म गर्दा, नगर्दै प्रहर भो ।
टुक्रा-टुक्रामा पुरा, सब्को रहर भो ।
खोज्दा आफ्नै पहिचान चिरा चिरामा,
उठ्यो पाउ शिर, झुकेको बगर भो ।
भन्छन् चढ्यो बलि, खुन पसिनाको,
युग् प्याला जो शत्रुको, आफ्नै (खुद्को)जहर भो ।
को पहरेदार् को लुटेरा, चिन्नै छ गार्हो,
आफूसँग दुस्मन, आफ्नै शहर भो ।
को जन्ती को मलामी, आफ्नै तस्विरको
उठाएर हेर्नै नसक्ने नजर भो ।
के गर्नु गर्व भोलि, रित्तो मझेरीको (दिवारको),
आँखा चिम्म गर्दा, नगर्दै प्रहर भो ।
- रविन्द्र रिजाल
गज्जब! साह्रै सशक्त गजल!
ReplyDeleteदामी लाग्यो है मलाई पनि यो गजल । यो "खुदको" र 'दिवार' भन्ने शब्द चाही अलिकता खट्कीयो है मलाई ।
ReplyDeleteतर भाव,वहाव र संयोजन भने तारीफ योग्य छन है !
वाह ! वाह!!
दिलीप सर र बसन्त जि, धन्यवाद मन पराईदिनु भएकोमा । दिलीप सरको कुरा मनासीब नै हो तर 'खुद' शब्द चाहीँ उर्दुबाट 'आगन्तुक' भनेर प्रयोग मा आईरहेको जस्तो लाग्दछ । 'दिवार' लाई चाहीँ गजलको भाव र अक्षरमा ठ्याक्क मिल्न गएकोले उतारीहालेको थिएँ जुन फेरी परिवर्तन गरेको छु। यहाँको सुझाव शिरोपर !
ReplyDelete