लौ मेरो निँद हर्ने, तिमी नै त हैनौ ?
यी सब थोक गर्ने, तिमी नै त हैनौ ?
ति जुन तारा हेर्दै, म टोलाई बस्दा,
बनी शित झर्ने, तिमी नै त हैनौ ?
जति घुँट लगायो, उति प्यास बढ्ने,
मेरो अञ्जुली भर्ने, तिमी नै त हैनौ ?
छ भाग्य बलियो रे ! भन्नुहुन्छ आमा,
अब रेखिमा पर्ने, तिमी नै त हैनौ ?
सुन्यौ कस्तो छ आश, भोक-प्यास हर्ने,
यो बिज् आशको छर्ने, तिमी नै त हैनौ ?
यी सब थोक गर्ने, तिमी नै त हैनौ ?
ति जुन तारा हेर्दै, म टोलाई बस्दा,
बनी शित झर्ने, तिमी नै त हैनौ ?
जति घुँट लगायो, उति प्यास बढ्ने,
मेरो अञ्जुली भर्ने, तिमी नै त हैनौ ?
छ भाग्य बलियो रे ! भन्नुहुन्छ आमा,
अब रेखिमा पर्ने, तिमी नै त हैनौ ?
सुन्यौ कस्तो छ आश, भोक-प्यास हर्ने,
यो बिज् आशको छर्ने, तिमी नै त हैनौ ?
No comments:
Post a Comment
Your feedback ?