Friday, August 20, 2010

गजल -१४- (झ्याउरे भाका)

फेसबुक टाँसोमा मित्र जितेन्द्र मल्ल र आदरणीय गुरु कृष्ण वस्ती ज्यू ले 'झ्याउरे भाकाको' निकट रहेको तर मात्रामा कमी रहेको प्रतिक्रिया दिनु भयो। पछि जितेन्द्र ले मुनामदनको उदाहरण दिँदै झ्याउरे भाकामा ३ -२, ३ - २, ३ - ३ मात्रा रहने जानकारी दिए । अनि उनै सँगको भलाकुसारी पछि यो गजललाई 'झ्याउरे भाका' मा परिष्कृत गरेँ । कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोला : 

रित्तै छ मन सिरानी मात्रै, बेरेर के हुन्छ।
भित्तै छ जड उता'नी कोल्टे, फेरेर के हुन्छ।

सहनु पर्छ साउन चैत, आँफैले दिनमा,
सपना भरि ताराले ब्रम्ह, घेरेर के हुन्छ।

सुन्दैन मेरा गीतका भाका, बुझ्दैन गजल,
चोटै हुन् भने निशानी काव्यै, केरेर के हुन्छ।

शितैले भिज्यो अँधेरी रात, भिजेकै नयन,
वियोगी अर्को कहानी फर्कि, हेरेर के हुन्छ ।

कृष्ण सर र साथी जितेन्द्र प्रति आभारी छु । वहाँका रचनाहरु हेर्न लिङ्क पहिल्याउनुहोला ।

2 comments:

  1. सुरुकै लाइनले तान्यो....अन्त सम्म नै समान आकर्षण र वजन रहेछ। दामी गजल ! वाह!!

    ReplyDelete
  2. परिस्क्रित गजल मज्जाको जमेको छ रबिन्द्र । दम्दार गजल । बधाई छ ।

    ReplyDelete

Your feedback ?