लाँकुरी रुट्स: स्वप्न सुन्दरी

स्वप्न सुन्दरी

Sunday, January 3, 2010

अलग हुन पनि सक्दिन,
उठेर छुन पनि सक्दिन,
न त खुल्छ मुस्कान प्रिय,
सकस मा रुन पनि सक्दिन ।

खोज्नु खोजे तिमीलाई,
नजर का यी हुलमा,
अत्तर छर्ने ती फूलमा,
सुगन्ध , वासना  मा रूमल्लिएर,
स्वतः भएका ती  भुलमा ।

छैनौ भनुँ त  ,
शीत ओभाई नसकेका ,
बिहानी पात झै,
अंग अंग मा छोइएको,
ताजा चुम्बन जस्तो लहर छ,
छौ भनुँ त सिरानी मा,
केवल रित्तो आलिँगन छ।


बग्यौ जहाँ तहाँ,
कलमबाट मसी बनेर,
नशा नशामा,
मेरो जीवन बनेर,
फुस्रा पाना हरूमा,
तिम्रो आकृति,
कत्तिको सहि सजाएँ ?
खै कति पो बुझे ?
कति पो बुझाएँ?

एक पटक,
छुटेर म बाट ,
ती नयन, त्यो लाली,
काँपेका ओठको
 मुस्कान सम्हाली,
कञ्चनजङ्घा जस्तै,
उभिदेऊ न,
पलभर म,
तिमी बिना को हुन चाहन्छु,
आफू भएर तिमीलाई,
छुन चाहन्छु,
तिम्रो प्रतिबिम्ब,
तिम्रो सहि आख्यान गर्ने ,
मात्र एउटा गीत,
गाउन चाहन्छु ......

ब्लग मा सक्रिय हुनु भन्दा अगाडि म नेपाली फोरुम हरू चहारेर लेख रचना बाँड्ने र पढ्ने गर्दथेँ । ती मध्ये नेपालन्यूज फोरम चाहिँ मेरो महत्वपूर्ण फोरम थियो । आज करिब १ वर्ष पछि त्यही फोरम जाँदा यो आफ्नै पुरानो कविता भेटेँ । अन्तर-छिन्तर सँच्याएर राखेको छु ।  केहि महिना अगाडि बाँडेको अङ्ग्रेजीमा Dream Girl भनेर पुरानो ब्लग पोष्ट र यो कविता १,२ दिनको अन्तरमा लेखेको थिएँ ।

No comments:

Post a Comment

Your feedback ?