Wednesday, October 20, 2010

गजल -१७- ग्रीष्म ऋतु


लामो लामो छायाँ भन्छ, ओर्लिँदैछ घाम फेरी,
चुमी भुईँ पात रुन्छ, फेरिँदैछ याम फेरी ।

जेनतेन छोपिएका, चट्टानका याद हरू,
रसाउने मुहान सुक्छ, देखाउँछ नाम फेरी।

न्यानो खोज्दै जिन्दगीका, बटुवा यी साथी सङ्गी,
घाम सँगै उँधो लाग्छन्, खोज्दै अर्को धाम फेरी।

मन्दिरमा वृष्‍टि हुन्छ, तिथि मिति भाकलको,
साइतकै दिन प्यारी, ठेस लाग्छ काम फेरी।

बतास नै बैरी भए, घर फिर्ने चखेवाको,
नल्याउनु हुलाकी भो, बिन्ती रित्तो खाम फेरी।
autumn, seasons, departure, sunset, nomads, temple, letters, falling leaves

1 comment:

Your feedback ?