दशैँ आयो । डाँडा काँडा फड्केर आफन्ती हरू आफ्नै आँगनमा सुस्ताउँदै होलान् । वर्ष भरी जम्मा गरेर ल्याएको पसिनाले घरका भित्ता पोत्दै, छाना टाल्दै होलान्। सहस्रधाराले खुसीमा थप आँशु कालीगण्डकीलाई पैँचो दियो होला, खुशीले गद्गद् कालीगण्डकी त्रिशुली र मर्स्याङदी सँग सम्झौता गरेर छोरालाई मुङ्लान पुर्याउने मुग्लिनका पुल र बाँधहरूलाई हल्कार्दै होला। बागलुङ र बलेवाको अगाडि उभिएर बनौँमा लालिगुराँसको टोपी लगाई छड्के आँखाले धवलागिरि हेर्ने, लाँकुरी बोटको ओत लागेको मेरो घर भने प्रतीक्षामा यसो भन्दै होला ......
नडुब् घाम बिन्ती एकै, छिन भन्दै लाँकुरीले,
धानका बाला झुले सरी, झुलेका छन् लाला बाला
आउ आफ्नै जमरा ती, चिन भन्दै लाँकुरीले,
एक्लो अभिमन्यु भा'छौ, चक्रव्यूह तोडि आउ,
जन्म घरको आशीर्वाद, लिन भन्दै लाँकुरीले,
आँगु साल फेरी आम्ला, भन्थ्यो दशैँ छोरो ल्याम्ला,
रित्तै हात आयो फेरी, किन भन्दै लाँकुरीले ।
देश विदेश मा हुनुभएका सम्पुर्ण जनलाई विजया दशमी - २०६७ को हार्दिक मङ्गलमय शुभकामना ।
रबिन्द्र रिजाल जी तपाइँ र तपाइको परिवार लगायत समस्त देश विदेशमा रहनु हुने नेपालीहरुमा विजय दशमीको उपलक्ष्यमा सुख, शान्ति र समृदीको कामना गर्दै , हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु , यति
ReplyDeleteराम्रो गजलको लागि धन्यबाद तर अलिक यति को ख्याल गर्नुहोस, मिलेको रहेन'छ, अरु सब ठिक छ !!