Wednesday, October 20, 2010

गजल (रमेश रानाभाट - दशैँ)

ह्वाङै छ छानो मनको छाउन पाइएन
अक्षता जमारा नी लाउन पाइएन

संगी सबै उमंगले पिङ्मा झुमे होलान
चचहुइ मच्चाएर गाउन पाइएन

चङ्गा सरी सपनामा उडाएर मन
चेट भयो मुग्लानमा आउन पाइएन

आशिष थाप्ने रहर यो बन्दी परदेशमा
गन्नेमान्ने आफन्तजन धाउन पाइएन

के खेल्यो नियतिले आँखा भिजि रा'छ
पापी रै'छ समय यो रमाउन पाइएन।
festival,celebration,foreign,sad,dashain,blessings

1 comment:

Your feedback ?