Thursday, January 13, 2011

गजल -२५- सायद

तिम्रो क्षितिजमा ईन्द्रेणी झैँ छाएँ सायद,
व्यग्र बादल थियौ श्रावण भै आएँ सायद।

तिमी होश गुमाएकी अप्सरा थियौ कि,
बिझ्ने काँडा झिकी पाउजु सजाएँ सायद।

त्यो सरगम सुशेली त्यो चाल नागबेली,
उस्तै ताल मिल्ने कुनै राग गाएँ सायद

म गोरेटो कुन्दै पहरामा लहराएँ
त्यस्तै कुनै थोपाकै चाल पछ्याएँ सायद ।

लौ भनुन तिम्रो श्पर्शले, मत्यायो लुकायो,
म यतै अटाएँ, तिमीमै बिलाएँ सायद ।
rainbow dance peacock hills lost drops dance

No comments:

Post a Comment

Your feedback ?