Wednesday, May 30, 2012

गजल -३९- जाली गजल

मिठा कुरा मात्रै‍‍‍ लेख्छु लेख्दिन भो गाली गजल
बालुवा झैँ शेर हुन्छन हात थाप्दा जाली गजल।

राप बोकि खुल्छ पर्दा, सुर्यमुखि आङ तान्छ
गालिब पात सरी फाल्छन शाह लेख्छ ताली गजल।

लेख्छु सुने मिठो खबर भेडिगोठ सप्रिएको
आउला संविधान अनि लेख्छु धारा हाली गजल।

रित्ता पाना भरी भरी पसिनाका टाटा मात्रै
डोबे कलम फुल्छ मसी कठै अपुताली गजल।

म्याद थपे छेपाराले कालो बादल सम्म लाई ,
ऐले मकता भेटे लेख्छु मिठो अर्को पाली गजल।

(शाह : गालिबको जीवन कहानी बाट उत्प्रेरित शेरमा उर्दुको शाहजाद (रईस खान्दानी, टोलको धन-प्रतिष्ठा भएको व्यक्ती) छोटकरीमा शाह जो गजलकारहरू भेला गरेर गजल सुन्ने सुनाउने गर्दथ्यो  - त्यस्तै मञ्चमा एकपटक निम्त्याईँदा गालिबले यो शेर भनेका थिए :
बना है शाहका मुसाहिब, फिरे है ईतराता,
वगरना शेहेर मै गालिब कि आबरू क्या है । 

3 comments:

  1. गालिबले शाह भनेको ब्यक्ति बहादुर शाह जाफरी हुन् त्यो बेलाका मूगलका राजा ।

    ReplyDelete
  2. गजल मिठो छ, गालिब याद अाए ।

    ReplyDelete
  3. हम वहाँ है जहाँ से हमको भि कुछ हमारी खबर नहीं आती ।

    ReplyDelete

Your feedback ?