अरूकै अंगालोमा तिमीलाई, बेरीएको सम्झन्छु,
टुक्रा-टुक्रा भएर मुटु, सेरीएको सम्झन्छु ।
निमुखो भई हेरीरहेँ, ओझेल ती सपनाहरू,
उपहास र वेदनाले, घेरीएको सम्झन्छु ।
दर्पण सामु आँफुलाई, खुशी देख्न खोज्दछु,
गह भरीएका आँखाले, हेरीएको सम्झन्छु ।
सहानुभुती र आश्वासनले, मल्हम लगाउँछ दुनियाँ,
हजारौँ हजार ति गजल, केरीएको सम्झन्छु ।
सुख-दुख जिन्दगीका, दुई पाटो भन्छन्,
सकिएर सुख पाटो, फेरीएको सम्झन्छु ।
टुक्रा-टुक्रा भएर मुटु, सेरीएको सम्झन्छु ।
निमुखो भई हेरीरहेँ, ओझेल ती सपनाहरू,
उपहास र वेदनाले, घेरीएको सम्झन्छु ।
दर्पण सामु आँफुलाई, खुशी देख्न खोज्दछु,
गह भरीएका आँखाले, हेरीएको सम्झन्छु ।
सहानुभुती र आश्वासनले, मल्हम लगाउँछ दुनियाँ,
हजारौँ हजार ति गजल, केरीएको सम्झन्छु ।
सुख-दुख जिन्दगीका, दुई पाटो भन्छन्,
सकिएर सुख पाटो, फेरीएको सम्झन्छु ।
- रविन्द्र रिजाल
No comments:
Post a Comment
Your feedback ?