लाँकुरी रुट्स: प्रकट दाईका गजल

प्रकट दाईका गजल

Thursday, November 26, 2009


प्रकट पँगेनी 'शिव'
कास्की ।

रेडियो अडियो ले २००९ - प्रेम दिवस को अवसरमा प्रस्तुत गरेका प्रकट दाईका गजल, प्रकट दाईकै आवाजमा :

१) साँझमा दियो बाली राख्यौ, को आउँदैछ आज
हातका औँला चाली राख्यौ, को आउँदैछ आज ।


२) तिमीसँग बिताएका हर रात मैले सम्झेको छु,
जे जे भए एकान्तमा हर बात मैले सम्झेको छु ।


३) आँखा यस्सै लोलाउँछन्,तिमीलाई देखेपछी,
शब्द आँफै गजल बन्छ, तिम्रो नाम लेखेपछी ।


४) तिम्रो कसम तिम्रै लागि, सिसा माथि नाची आएँ,
भोकाएकी बघिनीको खोर बाट बाँची आएँ ।


५) नवदुर्गा को जमरा झैँ, हल्हलाउँदो जोवन तिम्रो,
पहराको पानी जस्तै , छल्छलाउँदो जोवन तिम्रो ।


६) अस्त-व्यस्त सयन कक्ष, मिलाईदेउ न बिन्ती प्रिया,
पिरती जाल फाटेको छ, सिलाईदेउ न बिन्ती प्रिया ।


७) प्रेम दिवस थियो त्यो दिन, चिसो रात थियो,
न्यानो भन्ने मात्र तिम्रै कोमल हात थियो ।


८) फुर्काएको हैन मेरी, मन्‌की रानी तिमी,
तिम्रा अघी सबै रैती, जनकी रानी तिमी ।


९) तिम्रो लागी आज मैले, जुन झारेर आएँ,
सुन माथी जुन राखी, बार बारेर आएँ ।


१०) सुन्नेहरू सुनुन् बुझुन्, बुझे पछी मुर्छा परून,
अङ्ग अङ्ग प्रेम वर्षा, रूझे पछी मुर्छा परून ।


११)राख राख्न सक्छ्यौ भने, हियारमा राख,
राखे सय हजार होईन,हुन्छ लाख लाख ।


१२)बाँध्छ्यौ भने अँगालोमा, चाहनाले बाँध,
कोटी कोटी धेरै चोटी, कामनाले बाँध ।


१३)जाडो मौसम आउँदैछ रे भन्ने सुनेकी छु,
मैले मेरो प्रकटलाई, स्वेटर बुनेकी छु ।


१४)धेरै कुरा चलेका छन्, कस्को सुन्ने हो त,
हामी दईको दुबो माला, कैले उन्ने हो त ?


१५)सुनको होकी हिराको हो, बाला सोल्टिनी,
कति सार्हो सुहाएको, माला सोल्टिनी।


१६)जुनेलीको रात छ अन्ना , भावनाको कुरा गरौँ,
सम्झाउने र बिर्साउने, चाहनाको कुरा गरौँ।


१७)मेरो जिन्दगीनै,उपहार तिमीलाई,
कलेजीको माया, पुरस्कार तिमीलाई ।


१८)तिमी नाच्दा छम्म छम्म, कती सार्हो सुहाएको,
बाजा बज्दा झम्म झम्म, कती सार्हो सुहाएको ।

No comments:

Post a Comment

Your feedback ?