कति लाचार छौँ हामी,
कति विवश छौँ,
स्वतन्त्र भएर पनि,
थुनिएका छौँ,
चेपिएका छौँ,
हेपिएका छौँ ।
मन्दिर आफ्नो,
पुजारी उ छ,
घर आफ्नो,
भान्से उ छ,
भँडार आफ्नो,
भँडारे उ छ,
उसैको क्रीपाले,
हाम्रो गास पाक्छ,
हाम्रा पाइला चल्छन्,
हामीले उज्यालो पाउँछौँ,
हाम्रो सास,
जिवनको आश,
सबै उसैमा निहित बनाएका छौँ ।
हामी कुँजिएका छौँ,
हेर त सडकमा लाम,
उस्को रगत बग्ने,
हाम्रा पाउहरु,
उ रिसाएकोले नचलेका रे !
त्यसैले त अपाङ्ग छौँ,
लाचार छौँ, विवश छौँ ।
भर्खर उन्मुक्त भएर,
आफ्नै महाराजको अत्याचार बाट,
स्वतन्त्रताको पक्वान पस्कदैँ थियौँ,
सबका सामु,
पान थुकेर दियो ।
चुपचाप अझै,
देखेको नेदेख्यै,
सुनेको नसुन्यै,
विवश छौँ,
लाचार छौँ,
त्यही जुठो स्वतन्त्रता खान ।
- रविन्द्र रिजाल
No comments:
Post a Comment
Your feedback ?