बिना बादल,
बिना मौसम यो झरी,
तिम्रो आँगन मा पनि परेछ,
मेरो चौकोस पनि त भिजायो,
तिमी रुझ्यौ, म रुझे ,
तिमी रमाउँदै,
रहर हुर्काउन रुझ्यौ,
म डराउँदै,
आँसु लुकाउन रुझे ,
एउटै झरीमा , भिन्न सुरमा,
आ -आफ्नै देशमा रुझ्यौ ,
आ -आफ्नै भेषमा रुझ्यौ ।
तिमी !
सबै भुलेर, भुले झै गरेर,
वसन्त निम्त्याउने मुस्कान छर्दै,
सम्भावनाका ढोका खोलेर रुझ्यौ,
म !
म, भुल्न नसकेर,खुल्न नसकेर,
चेतनाका सबै द्वार बन्द गरी,
यही आधा आकाश देखिने,
झुपडीको विवशतामा रुझें,
तिमीले झरी खोज्दै हिँड्यौ,
झरीले मलाई भेट्यो,
र बर्सियो आकाश छोपेर,
कस्तूरी !
त्यही झरी मा रुझ्यौँ हामी,
रुझ्नु का आ - आफ्नै पूर्वाधार बोकेर ।
- रविन्द्र रिजाल
No comments:
Post a Comment
Your feedback ?