वेचैन एकल रात एउटा, गजल बन्न सम्हालिन्छ,
अटस-मटस बात एउटा, गजल बन्न सम्हालिन्छ ।
भेट हुँदा नजर मिलाई, खै के-के पो भन्छ्यौ तिमी,
उत्सुक चञ्चल हात एउटा, गजल बन्न सम्हालिन्छ ।
क्यान्डल लाईट डिनरको, अन्त्य वाईन सिपले हुन्छ,
प्रत्येक सिपको मात एउटा, गजल बन्न सम्हालिन्छ ।
एउटै मात्र छाता हुँदा, मनले भन्छ झरी परोस्,
बेईमान वर्षात एउटा, गजल बन्न सम्हालिन्छ ।
तिम्रो प्लस मेरो नाम, कती हाँगा पातमा थियो,
उड्दै गरेको पात एउटा, गजल बन्न सम्हालिन्छ ।
लेखे काव्य-ग्रन्थै बन्ला, म-तिमी र हाम्रा कुरा,
सब कुराको खात एउटा, गजल बन्न सम्हालिन्छ ।

- रविन्द्र रिजाल
No comments:
Post a Comment
Your feedback ?