Monday, November 30, 2009

गजल -४- सम्झना संयोग

नयाँ शहर मा पुरानो याद, आएछ भने सम्झनु
बिरही भाका न्याउलिले बनमा, गाएछ भने सम्झनु।

मनको माया सस्तो लाग्यो, धनको छाप् परेपछि,
धनै धन्ले पनि त्यो मन्, अघाएछ भने सम्झनु।

मुटुका दुई पाटामा एक् अर्काको छ तस्बिर् भन्थ्यौ,
कुनै पाटो मुटुको कहिल्यै, चर्हाएछ भने सम्झनु।

यही काखमा शिर राखी, बादलका टुक्रा मिलेको हेर्थ्यौ,
तिम्रो सगरमा फेरी बादल, छाएछ भने सम्झनु।

हाँसो के हो, खुशि के हो, मेरै साथले सिंके भन्थ्यौ,
हाँस्दा हाँस्दै अनायासै आँखा, रसाएछ भने सम्झनु।

गोधुलि साँझको बर्सात् ले हो मन्मा माया भिजाएको,
बलेसिमा चुहिने थोपामा मन , रमाएछ भने सम्झनु।

प्रेमि हरुको दोश्रो जुनी, चराको हुन्छ भन्छन्,
तिम्रो महल्को झ्याल्॒मा चरिले, धाएछ भने सम्झनु ।
- रविन्द्र रिजाल

No comments:

Post a Comment

Your feedback ?