Saturday, November 28, 2009

गजल - ३

उनको यादमा बिताएका, रातका कुरा नगर साथी,
पलाउँदैछ विश्वास पुराना, घातका कुरा नगर साथी।

मसीजस्तै वाचा कसम, बग्ने अनी सुक्ने पनि,
सिरानीले पुरेका चिठी, खातका कुरा नगर साथी।

बेहोश पनि थिईन म, देखेकैँ थिएँ लिला सबै,
सबै भन्दा बाठो लाग्ने, मातका कुरा नगर साथी ।

अर्को बसन्त पक्कै आँउछ, नयाँ पालुवा बोकेर,
झरीसकेका निरश ति, पातका कुरा नगर साथी ।
- रविन्द्र रिजाल

No comments:

Post a Comment

Your feedback ?