खुशीको के भर हुन्छ, पीर देखेकालाइ,
मृत्युको के डर हुन्छ, तीर देखेकालाइ ।
धैर्यता नतोल्नु, सज्जन अनी संयमको,
होशको के थेग हुन्छ, वीर देखेकालाइ ।
बाँध फुटे पछि ताल, खहरे भई आउँदा,
हात खुट्टाले के रोक्छ, शीर देखेकालाइ ।
पहाड हतियार तिम्रा, खोँच मतियार,
सम्म बगर बन्छन्, भीर देखेकालाइ ।
आँखैमा तुँवालो छ, संसार धमिलो भन्छौ,
पत्थर तेर्स्याउँछौ, मन्दिर देखेकालाइ ।
आजै मरे मन, नटरे यो मनोदशा ,
भोलीको के लालसा, तक्दिर देखेकालाइ ।
'तन्नेरी' मासिकमा प्रकाशित : अनलाईन
मृत्युको के डर हुन्छ, तीर देखेकालाइ ।
धैर्यता नतोल्नु, सज्जन अनी संयमको,
होशको के थेग हुन्छ, वीर देखेकालाइ ।
बाँध फुटे पछि ताल, खहरे भई आउँदा,
हात खुट्टाले के रोक्छ, शीर देखेकालाइ ।
पहाड हतियार तिम्रा, खोँच मतियार,
सम्म बगर बन्छन्, भीर देखेकालाइ ।
आँखैमा तुँवालो छ, संसार धमिलो भन्छौ,
पत्थर तेर्स्याउँछौ, मन्दिर देखेकालाइ ।
आजै मरे मन, नटरे यो मनोदशा ,
भोलीको के लालसा, तक्दिर देखेकालाइ ।
- रविन्द्र रिजाल
'तन्नेरी' मासिकमा प्रकाशित : अनलाईन
No comments:
Post a Comment
Your feedback ?