यस गजलका पात्र तथा घटनाहरू अर्ध-काल्पनिक हुन् । कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ । वियोग भन्दा त संयोग नै भएको बेस । ;)
गुलियो खल्लो कस्तो पो हुन्छ अस्ट्रेलियामा ?
भन यादमा सक्खर कति जान्छ चियामा ?
सिड्नीको 'सिडलेस' अङ्गुरले भुलायो कि ,
सम्झना छ झर्केको खरबुजो बियाँमा ?
झुल्के घामसँगै सबेरै भेटेर खिचेको,
देख्छ्यौ अँगालेको तस्विर त्यतै तकियामा ?
चिसो भयो कि धुल् जमेर लाग्यो धमिरा,
फलामै बन्यौ कि मेरो नाम बिलायो खियामा ?

भन यादमा सक्खर कति जान्छ चियामा ?
सिड्नीको 'सिडलेस' अङ्गुरले भुलायो कि ,
सम्झना छ झर्केको खरबुजो बियाँमा ?
झुल्के घामसँगै सबेरै भेटेर खिचेको,
देख्छ्यौ अँगालेको तस्विर त्यतै तकियामा ?
चिसो भयो कि धुल् जमेर लाग्यो धमिरा,
फलामै बन्यौ कि मेरो नाम बिलायो खियामा ?
No comments:
Post a Comment
Your feedback ?