
दरबार छोडेर एउटा मानव गयो,
त्यही जङ्गल मा अधिकार खोज्दै,
घरबार छोडेर अर्को मानव गयो ।
उनी निस्किँदा
नीलो आकाशमा,
सेता परेवा उड्दै थिए,
अर्को निस्किँदा
धमिलो खोलामा,
माउ बचेरा खोज्दै थिए ।
आज दुवै फेरी दरबार मै छन्,
एउटा आसको आसनमा ,
अर्को त्रासको सिंहासनमा !
अहो ! नियति
एकादेशको,
जहाँ वर्ष भरि त्रास नाच्दछ,
र एक दिन आस बाँच्दछ ।
प्रत्येक वर्ष झैँ यस वर्ष पनि बुद्ध जयन्तीको अवसरमा शान्तिकै आशा छ हामी सबैलाई।
So true!!
ReplyDeletethank you sadhana ji, but i wish this was not true. It has been like a nightmare :|
ReplyDelete