कर्कलोको पात माथि, शीत जस्तो जिन्दगानी,
आज जम्ने हिउँ बरै, भोलि बग्ने सङ्लो पानी।
राम्रो, मीठो, धेरै खोज्दै, बित्यो फेरि अर्को साल,
सबै राम्रो मीठो देख्ने, छुटाएर बाल्यकाल,
न मुहान न ठेगान, साउने त्यो भेल सरी,
कहाँ बाट आयो अनेक, सिकाउने यो जवानी,
कर्कलोको पात माथि......
सेकिएर, छेकिएर, हाँसी खेली रङ् फेर्दै,
जिन्दगीले फुलाएका, रङ्गी चङ्गी फूल हेर्दै,
प्रकृतिकै हाराहारी, सुरु देखि अन्त्य सम्म,
देह जलि गए पनि, बालुवाकै रङ् खरानी।
कर्कलोको पात माथि.....
Why US and Israel attacking Iran?
1 day ago

पहिलो भए'नी -निकै राम्रो प्रयास !
ReplyDeleteनिखार ल्याउदै गर्नुहोला - रिजाल जी !
वा वा वा वा दामी दाई
ReplyDeletelike १०००००००००००००००००००००००००००००