रमेश रानाभाट
थोङ्जि युनिभर्सिटि
शाङ्हाइ, चिन
पटक पटक हार्यो देश आफू हार्या छैन भन्छन्
एउटै चिहान पारी यिनलाई बेर्न बाँकी छ
देशै बन्धक राखी मुकुट लाउने रहर तीनको
ओर्लि जनता फरजी तमसुक केर्न बाँकी छ
धेरै खेले पराइले खरानी भयो देश हाम्रो
बैरी छिर्ने गौँडाहरु घेर्न बाँकी छ
हातेमालो गरी यहाँ चट्टान फोर्न थालेपछि
स्वर्ग बन्छ देश हाम्रो हेर्न बाँकी छ
ओहो रमेशजी, सेरिहाल्न त अलि हुन्न कि ? बरु, अर्को चुनाबमा नटेरे कसो होला ?
ReplyDeleteदेशलाई स्वर्ग बनाउन यहाँको पनि लगानीको खाँचो छ, नबिर्सनु होला |
प्रतिकृयाकोलागि मुरिमुरी धन्यवाद ।
ReplyDeleteरमेश तिम्रो यो कविता निकै राम्रो लग्यो |
ReplyDeleteशंकरदाई लाइ धेरैधेरै धन्यवाद
ReplyDeleteganjab chha kabita Ramesh
ReplyDeleteदाई लाइ धेरैधेरै धन्यवाद
ReplyDelete