लाँकुरी रुट्स: गजल ( रमेश रानाभाट)

गजल ( रमेश रानाभाट)

Saturday, September 11, 2010

रमेश रानाभाट
थोङ्जि युनिभर्सिटि
शाङ्हाइ, चिन
 

राजतन्त्र फेरियो राजाहरू फेर्न बाँकी छ
गद्दार सबै नेताहरूलाई सेर्न बाँकी छ

पटक पटक हार्यो देश आफू हार्या छैन भन्छन् 
एउटै चिहान पारी यिनलाई बेर्न बाँकी छ

देशै बन्धक राखी मुकुट लाउने रहर तीनको
ओर्लि जनता फरजी तमसुक केर्न बाँकी छ

धेरै खेले पराइले खरानी भयो देश हाम्रो
बैरी छिर्ने गौँडाहरु घेर्न बाँकी छ

हातेमालो गरी यहाँ चट्टान फोर्न थालेपछि
स्वर्ग बन्छ देश हाम्रो हेर्न बाँकी छ

6 comments:

  1. ओहो रमेशजी, सेरिहाल्न त अलि हुन्न कि ? बरु, अर्को चुनाबमा नटेरे कसो होला ?
    देशलाई स्वर्ग बनाउन यहाँको पनि लगानीको खाँचो छ, नबिर्सनु होला |

    ReplyDelete
  2. प्रतिकृयाकोलागि मुरिमुरी धन्यवाद ।

    ReplyDelete
  3. रमेश तिम्रो यो कविता निकै राम्रो लग्यो |

    ReplyDelete
  4. शंकरदाई लाइ धेरैधेरै धन्यवाद

    ReplyDelete
  5. ganjab chha kabita Ramesh

    ReplyDelete
  6. दाई लाइ धेरैधेरै धन्यवाद

    ReplyDelete

Your feedback ?