शिशिर याममा,
घाम,
र बन्द खाम,
कहिलेकाहीँ मात्र,
देख्न पाइन्छ,
चिसा पाना,
सेक्न पाइन्छ,
त्यसैले त,
न्यानो हुन्छ,
प्यारो हुन्छ,
प्रतीक्षा हुन्छ,
शिशिर मा घामको,
...
..
.
वसन्त मा ?
.
..
...
कस्लाई फुर्सद ?
२. फूल
कति फूल,
झार्नु नै पर्दैन,
हावै नखोजी,
भावै नखोजी,
त्यसै त्यसै पाइला,
चुम्न आउँछन्,
विवश, मजबुर,
आदतले चूर,
.
.
.
र काँडा पनि ।
३. यात्रु
यात्री,
नजरका प्यासी,
सौन्दर्यका दासी,
खोज्दै नखोजी
रोज्दै नरोजी,
त्यही फूल,
टप्प टिपी,
शिरमा सजाउँछन्,
...
..
.
र काँडा पनि ।
तीन वटै टुक्राहरू दामी लागे । त्यसमा पनि पहिलो टुक्रा अझ स्तरीय र रोचक लाग्यो ।
ReplyDelete