नेपाली समयानुसार हरेक बुधबार राती ९:१५ बजे उज्यालो नेटवर्कबाट प्रसारण हुने गजल र गन्थन को कार्यक्रम "बुलबुल" अब iPhone, iTunes र iPod बाट सिधै डाउनलोड गर्न सकिनेछ । यसको लागी आफ्नो iPhone/iPad मा iTunes मा गएर "Search" मा Bulbul PodCast टाइप गरे पछि भेटिन्छ। विस्तृत रुपमा जान्नको लागी तस्विर हेर्नुहोस् :-
डाउनलोड गर्ने तरिका : - iTunes खोल्ने :-
Search मा ( यहाँ Zoek छ - Dutch भाषामा हुनाले) "bulbul podcast" टाइप गर्ने :-
त्यो रातोमा १ लेखेकोमा डाउनलोड हुँदै गरेको संकेत गर्छ ।
सुन्ने तरिका :-
iTunes बन्द गरेर iPod खोल्ने : -
तल More थिचेपछि PodCasts भन्ने विकल्प देखिन्छ :-
अघि डाउनलोड गरेको Episode यहाँबाट सुन्न सकिन्छ । यी Delete नगरे सम्म सँधै तपाईँको फोनमा बसीरहन्छन् र चाहेको बेला सुन्न सकिन्छ।
यसरी नै आफ्नो कम्प्युटरमा iTunes (Download here) भन्ने सफ्टवेयर राख्नु भएको छ भने त्यहाँ पनि BulBul PodCast खोजेर डाउनलोड गरी कम्प्युटरमा Save गर्न, सुन्न सकिन्छ । पछि iPhone/iPod जोड्दा ति कार्यक्रम स्वत: तपाईँको iPhone/iPod मा Save हुन्छन् ।
करिब ४० मिनेटको अवधिका प्रत्येक कार्यक्रम लगभग १० MB बराबरका हुन्छन्।
हालको लागी दोस्रो वर्षका ( भाग ५३ देखि ) Episode मात्र राखिएको छ । पछि पुराना तथा नयाँ भागहरु थपिँदै जानेछन् ।
नेपाल मा हुँदा यो कार्यक्रम निकै सुनिन्थियो| यो लिंक को लागि धेरै धेरै धन्यवाद |
ReplyDeleteदाई मेरो मोबाईल मा पनि Podcast तेस्तै एउटा Apps छ के तेस बाट पनि गर्न मिल्छ र ???
ReplyDeleteमेरो फोन, Nokia E71...
मिल्दैन सुरेन्द्र नोकिया मा ! यो iPhone को App Store मा मात्र छ !
ReplyDelete