
साभार : अन्जुलिमा अभियन्ता - संयुक्त कवितासंग्रह

धड्किरहेको दिल लिएर,
म तिमीलाई नियालीरहेछु,
करेन्ट लागेर ढलेको शरीर झैँ
अर्रो भएर मेरा अङ्ग
तिम्रा चाल पछ्याईरहेछन् ।
तिम्रा हरेक चाल
मेरो जलेको दिल ब्यूँताउने
अमृतका थोपासरी हुन् ।
तिमीले शिखरमा पुगेर
विजयको झन्डा फहराएको
कल्पनाले मात्र पनि
हाम्रा अनिँदा रातको
उज्यालो सपना हौ तिमी ।
हाम्रो पसिनाले सिँचेर
रापीला घामबाट छोपेर
हुर्काईएकी कोपिला हौ तिमी ।
प्रतिस्पर्धाको यो भिडमा,
म,
र म जस्ता एड्भान्सडहरूको
लाज बोकेर मैदानमा उत्रेकी -
प्यारी जेनिथ,
जूनको लाली नै मत्थर हुने गरी,
शीखरमा निशानी खोपेर तिमीले।
सफलताको स्वाद दिलायौ,
मेरा अंग- अंगमा,
रक्तसञ्चारको आभाष दिलायौ ।
प्यारी जेनीथ,
अब फेरी कहिले चढ्छयौ ?
ऊन्नतीका शिखर
सफलताको सगरमाथा,
पन्छाउँदै ति तूवाँलोहरू,
ति बाटो छेक्ने अड्चनहरू,
प्रतिभामा छेकबार लगाउन खोज्नेको,
सिमाना नाघेर,
फेरी कहिले फुल्छ्यौ ?
मेरो सृजनाको खेतमा ।
भन फेरी कहिले चढ्छ्यौ ?
त्यो सफलताको सगरमाथा,
.....................
अहा, त्यो दिन सम्झदा नि आनन्द आउछ मलाई त ...
ReplyDelete