लाँकुरी रुट्स: May 31 : मारिया, फेसबुक र सुर्ती !

May 31 : मारिया, फेसबुक र सुर्ती !

Monday, May 24, 2010


मेरो भाषा पढ्ने कक्षामा इटालीकी महिला पनि थिईन् । प्राय धेरै नबोल्ने तर बोल्यो कि हसाँउथीन् - मारिया टेरेसा। साँझको कक्षामा दिनभरको थकान ले लखतरान परेर आउँथिन बिचरा - हुन त आफ्नो पनि फुर्ति हुँदैन थियो त्यती ।  त्यही पनि साना-साना कुरा मा हाँसो फुटाएर रमाईलो बनाउने कोसिस हुन्थ्यो । पढाई भाषामा भन्दा पनि यहाँको जिवनशैलीका बारेमा भएको हुनाले धेरै जसो त टुटे-फुटेको डच(Dutch) भाषाको गफैमा बित्थ्यो । युरोपका प्राय युवती र नारी झैँ उनि पनि चुरोटको अम्मले थीईन् । ८:१५ देखि १५ मिनेटको कफि खाने छुट्टी हुन्थ्यो - उनि ८:१० मा नै गायब भईसकेकी हुन्थिन् । सन् २००८ देखी नेदरल्यान्डमा सार्वजनिक स्थानमा चुरोट खान नपाउने नियम लागु भएको छ । सबै ठाउँमा चुरोट खानका लागी भनेर अलग्गै ठाउँ छुट्टाईएको छ । यदी सार्वजनिक स्थानमा चुरोट खाएको भेटेमा पुलिसले आईडि कार्डबाट नाम,ठेगाना टिप्छ र  ७० युरो को बिल आइपुग्छ एक हप्ता भित्र घरमै, कतिपय चाँही एकपटकलाई भनेर छोड्दिन्छन पनि ।  ;)
कुरा मारीयाकै छ, उनलाई चुरोट खान २ तला झरेर बाहिर जानु पर्दथ्यो - जान्थिन् र हतार हतार २ सर्को लगाएर माथी आउँथीन् । किन यती सार्हो होला भनेर म छक्क पर्थेँ । कुरा के रहेछ भने बिचरा ले दिनभर चुरोट खान नपाउने रहिछन् - अमेरिकनको त्यो कम्पनिमा चुरोट खाने फुर्सद पनि हुँदो रहेनछ र ठाउँ पनि । चुरोट खाने जति १० मिनेट परको बस-स्टेसन् छेउमा जानु पर्ने । अनि त दिनभरको पेलान मा चुरोट नपाएर आत्तिएकी उनि ५ बजे अफिस छुट्दा साथ फेरी भाषाको कक्षामा - बिचरा भन्थेँ म ।  चुरोट तानेर आएपछि  फिसिक्क हाँस्दै, 'I cannot concentrate if i dont smoke' भन्थिन्। मान्छे बिन्दास नै थिईन् । ३ घन्टा को कक्षामा १ घन्टा समुहमा बोलचाल अनि २ घन्टा जस्तो चाहीँ कम्प्युटर मै बसेर स्व-अध्ययन गर्ने खालको थियो हाम्रो तालिका । कसैको निश्चित ठाउँ हुन्थेन - कहिलेकाहीँ मारियाको  छेउमा पर्दा यसो चियाएर हेर्यो भने सँधै फेसबुकमा Zynga को Mafia| Wars र Farm Ville मा व्यस्त । अनि मलाई लाग्थ्यो अफिसमा के गर्छे होली यो ? सायद त्यसैले होला उस्को भाषामा त्यती राम्रो प्रगति हुन सकेको थिएन, प्राय मौन भएर नै बिताउँथिन बोल्ने सेसन हरु। घरि घरि त म सोच्ने गर्दथेँ - चुरोटको नशाले हो कि फेसबुकको नशाले हो तिमी बिग्रेको मारिया ?

Addiction to Facebook
यो सत्य घटना हो - आज एउटा खबर देखेर मलाई यो घटना सँग सम्बन्धित लेख लेख्ने जाँगर चलेको हो । हालसालै आएर फेसबुकको बढ्दो लोकप्रियता अनि  प्रयोगकर्ताको गोपनियता सम्बन्धि विवाद चर्कँदै आएको छ । कतिपय  प्रतिष्ठित व्यक्तित्व , कलाकारहरुले आफ्नो फेसबुक को खाता बन्द गरेका समाचार पनि देखिँदै छन् । त्यस्तै मेरो लेख्ने नसा चलाउने खबर चाहिँ मे ३१ ( May 31, 2010) लाई ' फेसबुक नचलाउने दिवस' ( Quit Facebook Day) को रुपमा मनाउने भन्ने अभियान बारे को हो। १४००० ले यो अभीयान मा हस्ताक्षर गरिसकेका रहेछन्।  हुन पनि यस्ता social network हरुले धेरैको समय र गोपनियता  बर्बाद गर्दैछन् भन्ने विषयमा बिस्तारै सहमत हुन लागेको छु । म आँफै पनि आजकल अफिसमा आँखा छल्दै फेसबुक खोल्ने भैसकेको छु । यसो हेर्छु छेवैको डच् साथी पनि हाईब्स (Hyves) मा व्यस्त हुन्छ । फेसबुकका निर्माताले May 31 मा त्यसरी बहिस्कार नगर्दिन अनुरोध गर्दै  फेसबुकलाई सुरक्षित र प्रयोगकर्ता सहज बनाउन आफुँ प्रतिबद्ध रहेको भन्दै अर्को सन्देश जारी गरेका रहेछन् ।

अब प्रश्न - किन May 31 मै मनाउने भन्ने उठ्दछ । मे ३१ को प्रचलित परिभाषा चाहिँ यस्तो छ :- 

'विश्व स्वास्थ्य संगठन'(WHO) ले सन् १९८७  देखि मे ३१ को दिनलाई 'सुर्ती रहित दिवस'( No Tobacco Day)  को रुपमा मनाउने गरेको छ । यस दिनमा विश्व भर नै अनेक कार्यक्रमको आयोजना गरी, पर्चा बाँडेर र अन्य सूचना मूलक कार्यक्रमको आयोजना गरी जनचेतना फैलाउने गर्दछ । प्रत्येक वर्षका यस्ता कार्यक्रम यसरी मनाउँदा कुनै वर्गलाई लक्षित गरेर  विशेष शीर्षक(Theme) अन्तर्गत मनाउने गरिन्छ ।जस्तै :
No Tobacco Symbol
१९८८ : सुर्ती वा स्वास्थ्य : स्वास्थ्य छान्नुहोस ।
१९९४ : सञ्चार र सुर्ती - सन्देश पुर्याउँ । 
२००२: सुर्तीरहित खेलकुद ।
२००३: सुर्तीरहित चलचित्र, सुर्तीरहित फेसन । 
२००८: सुर्ती रहित यौवन । 
२०१० : महिला केन्द्रित व्यापारिक सचेतना ।
विश्वमा रहेका १ अर्ब भन्दा धेरै सुर्तीसेवक मध्ये २० प्रतिशत जति महिला पर्दा रहेछन्। अझ गर्भवती महिलाले सुर्तीसेवन गर्दा बालक मा समेत असर गर्ने कुरा सर्वविदित नै छ ।  हाल आएर त वैस्यक केटीहरूमा चुरोट सेवन प्रचलन बढी रहेको अवलोकन रहेछ । कुनै कुनै देशहरूमा युवती र महिला लाई लक्षित गरेर  कम्पनीहरूले प्रचार गर्ने तरिका प्रति विश्वको ध्यान केन्द्रित गर्नु यो सालको मुख्य कार्ययोजना हो ।

यि दुवै कार्यक्रमको मुल सन्देश चाहिँ , ' नशाबाट मुक्त हुनु' हो । नशा रहित जिवन शैलि बनाउँ भन्नु हो । नेदरल्यान्ड जस्तो 'गाँजा' र 'कफि सप'( हाम्रो क्याफे जस्तो हैन - यहाँ कफि सप भन्नाले गाँजा किन्ने ठाउँ भनेर चिनिन्छ।) को लागी प्रख्यात देशमा सरकारले सार्वजनिक स्थानमा धुम्रपान नगर्ने नियम लागु गर्न सफल भएको छ। प्राय युरोपियन देशमा यो नियम ज्यादै प्रभावकारी हुँदैछ ।

फेसबुक मेरो लागी चुरोट सरह पक्कै पनि हो्ईन र नशा लागी सकेको पनि छैन, लागि हालेको भए पनि निस्कन सक्ने अवस्थामा छु :P। फेसबुकमा मेरो लगाव विशेष त साहित्यसँग सम्बन्धित रचना पढ्ने हुन्छ त्यो बाहेक पुराना साथी हरूको फोटो हेर्ने, फुर्सद मिले कुरा गर्ने हुन्छ । यदी दिनरात 'माछापालन', 'फुलबारी गोड्ने', 'पोकर खेल्ने', 'माफिया मार्ने', 'भाग्य र खुसी को प्रतिशत  खोज्ने' तर्कना हुन लाग्यो भने चाहीँ सोच्नै पर्ला । 

5 comments:

  1. विचार प्रधान लेख भएपनि, लेखन शैली र घटनाक्रमको रोचकताले पुरै पोस्टलाई एकदमै रमाईलो बनाएको छ ।

    फेसबुकको 'सक्रिय प्रयोगकर्ता" भएपनि नशाकै हदसम्म नपुगेकोले मैले भने "मे ३१ को फेसबुक नचलाउने दिवस" मा सहभागी नहुने निर्ण गरेँ है (त्यसो त हरेक दिन फैसबुक खोल्नै पर्ने नियम नभएकोले त्यस दिन पनि फेसबुक नचलाउन पनि सक्छु :)

    रमाईलो लेख!!!

    ReplyDelete
  2. maile pani last 20/25 din ta chalaina ni facebook.....aaja samma farm ville kahile pani khelina, luck kahile pani test garina....tyati nasaa ta laageko rahenachha malai pani...

    ReplyDelete
  3. facebook ta naya ma matra ramailo ho pachi pachi ta हप्ता र महिना खोलिन्छ कि कसो हो ... अनि आफ्नो लेख रचना छाप्ने र प्रस्तुत गर्ने ramro platform ho ni haina ra ....तर धेरै भयो भने चिनि पनि तितो हन्छ कि कसो हो....

    ReplyDelete
  4. तेहि त,मेरो साथि हरु ले नि गेम खेल्दा के भन्छन भने नि। खेलम न खेलम आज एक चोटि ट्रई गर कसम तिमि दिन का दिन खेलछै सई मजा को छ तेहि पनि भो मेरो टाईम छैन भन्छु र खेलदिन"र फेरो अल्लिी पछि के भन्छन भने तिमि त कस्तो भने एस्तो मोज गेम नी खेल्दिन भन्ने भन्छन।
    अनि देखेको नि छु साथि हरु तयो गेम हेरु खेल्न थाले पछि त न त टाइम मा नै स्कुल आऊछ्न,न आप्नो होम वोर्क नै गर्छन। र स्कुल मा समेत फेसबुक चलाऊछन् के मा भन्नुस न मोबाईल मा ५Euro तिरे पछि भने ५००MB मोबाईल मा चलाऊन पाऊने तयो भए पछि त कलास को पिरेट मा पनि अन्लाईन मा साथि सांग् च्याट गरि राखेका हुन्छन। तयो हुनाले मईले भने फेसबुक आल्लि कमै चलाऊने कोसिस गर्छु।।। !! बेलै मा सोच्नु है!!!!!

    ReplyDelete
  5. यदी दिनरात 'माछापालन', 'फुलबारी गोड्ने', 'पोकर खेल्ने', 'माफिया मार्ने', 'भाग्य र खुसी को प्रतिशत खोज्ने' तर्कना हुन लाग्यो भने चाहीँ सोच्नै पर्ला । फेसबुकाँ यस्तो पनि अर्न मिल्छ?

    ReplyDelete

Your feedback ?