लाँकुरी रुट्स: गजल -१२- हेर आज कस्ता भयौँ,

गजल -१२- हेर आज कस्ता भयौँ,

Monday, June 28, 2010

कस्ता थियौँ हिजो अस्ती, हेर आज कस्ता भयौँ,
देश उजाड बस्ती जस्तो, हामी फूल जस्ता भयौँ ।

जता जता राप लाग्यो, उतै उतै ढल्कि जाने,
शिर झुक्दो इमान बिक्दो, छरपष्ट सस्ता भयौँ ।

भोटो चार तारे भिर्यौ, हँसियाको पट्टी बाँध्यौ,
जमीन चुस्ने जरा गाड्यौँ, बुख्याँचाका दस्ता भयौँ । 

कोपिलाले खोजीनिती, गर्दा पश्चात्ताप होला,
एकै जुनी जीवन सोच्ने, किन हामी यस्ता भयौँ ।

1 comment:

Your feedback ?