हुन त देशको बारेमा राम्रो खबर सुन्न नपाएको जुनी भइसक्यो। तर पनि बिहान ओछयानबाटै समाचार हेर्न भने छोडिएको छैन । त्यस लगत्तै गायत्री मन्त्र जपेजस्तो स्नान गर्ने बेलामा नेताहरूको अनुहार सम्झेर गाली गर्नु पनि नित्य कर्म नै भइसक्यो । हुन पनि राष्ट्रको लागी 'देउता' र 'राक्षस' नै उनीहरू साबित भए । 'महाभारत' र 'रामायण' का भन्दा ठूला ठूला दुस्मनी, लडाइँमा होमिएका छन्। खबर पढ्दा साँच्चै दन्त्यकथा पढेजस्तो लाग्दछ । ७ पटक हारि सक्दा पनि र टुङ्गो नलाग्ने चेत हुँदाहुँदै पनि भिडन्तमा होमिएको होमिएकै छन्, मानौँ देश कुरुक्षेत्र कै मैदान हो । यो त दैनिक चल्ने सिलसिला भयो । आज लेख लेख्नु पर्ने परिवेश अलि फरक छ।
देश बाहिर बसे पछि त्यो हानथाप र उत्पीडन सहनु नपरेको मा भौतिक रुपले जीवन ज्यादै आनन्दित छ, भलै आँखै अगाडि दैनिक जीविकोपार्जन कसरी गर्ने भन्ने त्रास नशा-नशामा बगेको किन नहोस् । आधुनिक सञ्चार माध्यमको सहजताले गर्दा देशमा हुने र भएका घटना , गतिविधि हरू को ताजा ताजा खबर पढ्न पाइन्छ। यहाँ सम्म कि हिजो शनिबारको दिन Bar Camp जस्तो विश्वव्यापी युवाहरूको आधुनिक भेला को नेपाली संस्करण कोठैबाट प्रत्यक्ष प्रसारण हेरियो। सो कार्यक्रम काठमाडौँ, बबरमहलको SAP FALCHA मा सम्पन्न भएको थियो। >> MORE ON BARCAMP KATHMANDU 2010 << देशको त्यस्तो विषम परिस्थितिमा पनि साथीहरूले कसरी आफ्नो शिप र विचारलाई संरक्षण गर्दै हुनुहुन्छ तथा विभिन्न क्षेत्रमा नव-युवा साथीहरूले के कसरी योगदान दिनु भएको छ भनेर जान्ने मौका पाइयो । जर्मनी र अमेरिकाबाट समेत सहभागी भएर केहि मित्रहरूले आफ्ना विचार राख्नु भएको थियो । आधुनिक रोजगारीका विषय जस्तै IT, Electronics, Industry, देखि Environment (Did you know we have a supernatural hero called GREEN-MAN like spiderman in our society?), पर्यटन र कान्तिपुरका केही युवा पत्रकार ले आ-आफ्नो क्षेत्रमा के गर्नु भयो, के गर्दै हुनुहुन्छ र भावी योजना र सम्भावना के के छन् भन्ने बिषय प्रस्तुत गर्नु भएको थियो । त्यो देखेर एकै छिन भए पनि हाम्रो भविष्य मरिसकेको छैन भन्ने आभाष भएको थियो । मनमनै सञ्चार माध्यमको यो सहजता अनि त्यसरी प्रसारण गराउने मित्रहरूलाई धन्यवाद भनेँ। त्यस कार्यक्रमबाट Twitter मा थुप्रै साथीहरुसँग मित्रता बढाउन पाइयो । आजकल देश विदेशका खबरहरुको बारेमा जान्न पत्रिका नै पढेर किन्नु पर्दैन। लगभग सबै पत्रिका, रेडियो का अनलाईन प्रसारण र संस्करण भेट्न पाइन्छ । अनि आफ्नो फेसबुक, ट्वीटर जस्ता सञ्जालमा सम्बन्धित मान्छेको सम्पर्क भयो भने मिनेट मिनेटमा पोसिला विचार, अनुभूति, जीवन, दर्शनका कुरा पढ्न, देख्न र सिक्न पाइन्छ । केही महिना अगाडि भएको फुटबल विश्वकपको अन्तिम २ प्रतिस्पर्धी मध्ये को १ नेदरल्यान्डमा हुँदा को अनुभूति मैले मेरो ब्लग र "MYSANSAR" बाट बाँड्ने मौका पाएको थिएँ।
मिडिया र यसको पहुँचको यो बिगबिगी को खराब पाटो पनि पक्कै छ। लेख चोरी हुने, क्षणिक मनोरञ्जन र ख्यातिका लागी अनर्गल प्रचारबाजी गर्ने, गलत समाचार सम्प्रेषण गर्ने केही ज्वलन्त उदाहरण हुन् । कुरोको चुरो तिर लागौँ । आज बिहान उठ्दा बित्तिकै एउटा Tweet देखेँ : "Just sent an email to @time saying #Kathmandu is in #Nepal. Not in #India. Hope they will correct it. http://bit.ly/croGQB" लिङ्क पहिल्याउँदा थाहा भयो CNN, Times मा "भारतको काठमाडौँ बाट" भनेर अस्ति गाईजात्राको एउटा तस्विर छापिएको रहेछ । ब्लगर मित्र "मुकेश चापागाईँले" The Times लाई यो सम्बन्धमा पत्र लेखि सक्नु भएको रहेछ ।
समाचार हेर्दा बित्तिकै दिमाग तातेर आयो, रिस ले "यो लेख्ने पत्रकार यो , उ , यस्तो, उस्तो भनेर " Tweet र फेसबुकमा Status राखियो। हाम्रो देशलाई र हामीलाई सँधै यसरी भारतीय भनेर हेप्ने परम्परा पक्कै नयाँ होईन । बुद्द, लुम्बिनी, र सिमा अतिक्रमण देखि देशको आन्तरिक मामिलामा समेत हाम्रा नेताहरूलाई भाले सरह जुधाउने र हस्तक्षेप गर्ने भारतिय प्रवृत्तिले गर्दा मेरो विचार सोझै CNN मा काम गर्ने केहि (धेरै नै) भारतीय मुलका रिपोर्टर तिर सोझियो। तर पछि विश्लेषण गर्दै जाँदा सो तस्विर The Himalayan Times का नेपाली फोटो पत्रकार "नवेश चित्रकार" ले लिएका रहेछन् । उनको नाम 'गुगल' मा खोज्दा CNN, Reuters, NYTimes जस्ता विश्वका प्रमुख सञ्चार माध्यम हरुमा पाइयो । देशमा केहि प्रमुख घटना हुँदा तातो तातो फोटो खिचेर पठाउँदा रहेछन् । सायद उनको पेशा नै पत्रकारिता होला। पेशाले गर्दा यसरी घटनाको रिपोर्टिङ गर्नु उनको हक, अधिकार र धर्म हो। तर..... तर देशको पहिचान नै खतम हुन लागेको यो परिवेशमा फोटो मात्र खिचेर पठाउनु के जिम्मेवारी पुर्ण काम हो ? फोटोसँग जोडिएको घटनाको बारेमा कहिल्यै केही विश्लेषण गर्नु पर्दैन ? यदि चित्रकारले त्यो तस्विर सँग सम्बन्धित हाम्रो "गाईजात्रा" को परम्परा को बारेमा थोरै भएपनि लेखेर पठाएको भए, अमेरिकामा बाट लेख्ने त्यो पत्रकारले त्यस्तो Caption राख्थ्यो होला ?
जे जस्तो होस्, हुने घटना भईसक्यो । मिनेट मिनेट मा हजारौँ समाचार र तस्विर छापिने इन्टरनेटमा त्यो एउटा तस्विरको दूरगामी असर नहोला । तर पनि "निवेश चित्रकार" जस्ता पत्रकार र विदेशका ठूला ठूला मिडियामा पहुँच भएका युवा पत्रकार साथीहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गर्दछु । 'शान्ति, प्रक्रिया, देशको पहिचान, सार्वभौम, र अस्तित्व पत्रकारकै हातमा छ"। "चौथो प्रमुख" अङ्ग भएको हुनाले आफ्नो जिम्मेवारीको महत्व बुझ्नुहोस् । हामीले जे पढ्छौँ, देख्छौ, त्यसले हाम्रो दैनिक जीवनमा कुनै न कुनै रुपले असर गरिरहेको हुन्छ। हिजो bar camp kathmandu 2010 मा हाम्रा "ईन्भायरोमेन्टल सुपर-म्यान" GREEN-MAN ले SPIDER-MANको भनाई सापटी लिएका थिए "Power comes with responsibility" , आज मैले पैँचो लिएँ । अस्तु ।
Note : Time.com का Editor लाई letters@time.com बाट सम्पर्क गर्न सकिन्छ ।
- Bar Camp Kathmandu 2010 को बारेमा जान्न सोहि कार्यक्रममा सहभागी सह-ब्लगर मित्र 'अनिल घिमिरे "आकार"' को विशेष रिपोर्ट यहाँ हेर्नुहोस् । Barcamp Kathmandu 2010 [Review] #barcampktm
UPDATE:
यो अलि ढिला अपडेट भयो । तर पनि महत्वपुर्ण कुरा त के हो भने, TIME पत्रिकाले करिब ४ घन्टाको अन्तरालमा साथीहरूले Twitter, Facebook, Email (पवन जी ले फोन नै गर्नु भएछ ) मार्फत गल्तीको बारेमा जानकारी दिँदै दबाब दिएपछि, अन्ततोगत्वा सो त्रुटी सुधारिएको छ । साँच्चै प्रभावकारी हुँदो रहेछ Twitter, Facebook र Blog को प्रयोग। सबै साथीहरूलाई धन्यवाद तथा बधाई । आगामी दिनमा समेत यस्तै तत्परता को अपेक्षा गर्दछु ।
Timely Posted Bro. I've send email them too. And its serious issue, Journalist should take care of it.
ReplyDeleteGaijatra is a culture, but Why they make this gaijatra saying, in Kathmandu, India. Is this a Gaijatra satire? :P
Dherai kura yeutai thau ma bhaye pani ramro lagyo.
ReplyDeleteRamro chha , kati chhito lekheko bro , kep it up !
ReplyDeleteलौ गाईजात्रा त नेपालमा भन्दा विदेशमा झनै जोडदार तरिकाले मनाइन थालेजस्तो लाग्यो ।
ReplyDeleteतर गाईजात्रै मनाएको भए पनि मलाइ पनि यो कुरा मन परेन । म पनि १-२ लाइनकै भएपनि विरोध ईमेल लेख्छु तीनलाई ।
maile ta Phone garerai tharkaye..
ReplyDeleteExtremly sorry re.. but editor section is closed due to Sunday... so it will be followed tomorrow re....
I just found another one:
ReplyDeletehttp://www.kathmandu-hotels.com/ writes :
"Kathmandu the 9th to 12th century temples is the evidences of the architectural geniuses during the times of Chandela dynasty. Situated in Madhya Pradesh, India, Kathmandu oozes with passion, eroticism, dance and music and other finesses of creative arts depicted in sculpture and images of the temples."
I have sent them an email too.
The website looks like a whole bunch of different links. If you click on any link, it gets redirected to some other website. However, on that page they have mentioned Kathmandu as a place of Madhyapradesh.
I am not being able to decide, whether to laugh on the idiotic information of their website or to be serious because its directly related to my self-respect and dignity. :(
Sadhana jee,
ReplyDeleteThank you for pointing out, I will write to the website as well. However, this is a lowly disrespectful Indian we should deal with now. I will share this site on facebook and twitter to friends !
I did send them an email but have not gotten any response yet..
ReplyDelete