लाँकुरी रुट्स: गजल -१५- लौन उफ्
skip to main |
skip to sidebar
गजल -१५- लौन उफ्
जगै बसायो, लौन उफ्
आँतै रसायो, लौन उफ् ।
धरती फाट्यो कि कसैले,
सौरै खसायो, लौन उफ्।
अत्तर हो कि धुप, रागको
कस्तो नशा यो, लौन उफ्।
छर्यो कस्ले पो सुगन्ध,
कस्ले फसायो, लौन उफ्।
सार्है अत्यायो, मात्तिने
रहर पसायो, लौन उफ्।
भाकल के राख्नु कसरी
टर्ला दशा यो, लौन उफ्।
मनै छुने गजल लेख्नुभो
ReplyDeleteरविन्द्र रिजालजि, लौन ऊफ् !!!
लौन उफ्, फोटो नी झन उस्तै ;)
ReplyDeleteबबाल!
त्वरित सेरको क्या गजल
ReplyDeleteपढ्नै क्या मजाऽयो लौन उफ् ।
कति सुन्दर यो गजल कालु
ReplyDeleteजगत वसायो लौ उफ
सारै टुवाक्क सारै मिठो छ लौन उफ ...............रबिन्द्र जी मा त मोहित भए छु लौन उफ......सीता सुबेदी "प्रकृति"
ReplyDelete