हामी दुवैका ओठ जसै बन्द भए,
तातो तातो हावाले वासना चलायो,
स्मृतिका सुनौला तिनै सुगन्ध भए ।
बज्दै थियो मधुर धुन क्षितिजमा,
त्यस्मा मिल्ने उन्का सुस्केरा छन्द भए ।
पहिले सकसमा उम्किन खोज्ने बाहु,
उल्टै मलाई बेर्ने परिबन्द भए ।
बाहु पासबाट छुटेपछि थाहा भो,
ती वाचा कसम झनै बुलन्द भए ।
जति पीडा भो मज्जा आत्था र उहु का,
भोगाइ सबै अन्त्यमा आनन्द भए ।
- रविन्द्र रिजाल
गज्जव गज्जव !! गजलको भावले छुनुपर्छ नत्र अनुप्रास मिल्दैमा गजल भनिदैन । तपाईको लेखाईले मनछोयो ।
ReplyDeleteधन्यवाद अशेष जी,
ReplyDeleteकेही अग्रज दाजुहरूले पनि यो गजलमा लय र नियम भंग भएको प्रसंग उठाउनु भएको थियो। तर मैले ती सुझावहरूलाई यसमा परीमार्जन गर्न सकिन। आउँदा दिनमा सबै सुझावलाई मनन गर्नेछु । फेरी पनि धन्यवाद , शुभ २०१० !
रविन्द्र