यदि यो पृथ्वी, हावा, पानी, गाई वस्तु, उज्यालो – अँध्यारो, ब्रम्हाले वा अरू कुनै डुङ्गा चढ्ने प्रभुले नै बनाएको भए पनि जन्तुहरूमा पुच्छर थपेपछि खिसिक्क हाँसे होलान् । पहिले जनावरहरूले नैतिकता र बौद्धिकता नदिएर पक्षपात गरेको भन्दै सभा- सदन ठप्प पारे होलान् । त्यसपछि कैलाश-पतिले दक्षिणतिर बिस्कुट फालेर पछाडि फर्केको बेला लुत्रुक्क एउटा पुच्छर झुन्ड्याई दिएपछि पुच्छर हल्लाएर बुर्कुसी मार्दै दौडेका साँढेहरूको हुल देखेर हाँसो नउठे कुन भिडियो देखेर हाँस्नु त ? तर पनि हिसाब किताब बराबर भएको छैन, अझै अन्यायमै परेका छन् बिचरा गौ-प्राणी हरू । पक्षपाती देउताले मानिसलाई पनि पुच्छर हालिदिए । थप विवाद नहोस् भनेर मानिसलाई पुच्छर हाल्दा चाहिँ Transparency = 100 % गरेर अदृश्य पुच्छर हालिदिए । समय बित्दै जाँदा मानिसलाई यो चेत खुल्दै गयो, समाजमा पुच्छर र टाउकाको अन्तर बिस्तारै देखिँदै गयो। कतै रङ्ग को आधारमा, कतै जातको आधारमा र विभेदका अनेक थरी घेरा बन्दी को सिकार समाज, टाउका र पुच्छर बाट बनेको आफैँ एउटा पशु भएर प्रस्तुत भयो। पशु आखिर जति नै उफ्रे पनि तबेला मा बाँधिएर मानिसको उपयोगमा आउन थाल्यो। जब आफ्नो थोर बहुत ज्ञानको सदुपयोग गर्दै भैँसीले आहाल बस्दा ढाडमा पिकनिक मनाउन आउने झीँगा र Sun-bath लिन आउने भ्यागुता लखेट्न मात्र प्रयोग गर्न थाल्यो भने मानिसको यो Mr. India वाला अदृश्य पुच्छर भने धेरै नै उपयोग हुन थाल्यो।
पुच्छर वाला यो सिद्धान्त समाजको विकाससँगै कतै लोप पनि भयो जहाँ समाजमा प्रतिस्पर्धाको मैदान अरू नै हुँदै गइरहेको छ भने कुनै कुनै समाजमा टाउको-पुच्छरको खेल सिनेमामा जस्तो हाउस-फुल चलि राखेको छ। त्यसैले यो टाउको – पुच्छरको तालमेल राम्रो गरी नमिलाएसम्म यो अस्थिरता को घंटी बजि नै रहन्छ । साधारणतया, टाउकोले पुच्छर लाई नियन्त्रण गर्नु स्वाभाविक नै हुन्छ। जीव-विज्ञानमा Central Nervous System र कम्प्युटरमा Central Processing Unit को संरचनाले पनि यो पुष्टि गरिसकेको अवस्था छ र यसलाई हामी सबैले स्विकार गरी मान्यता दिएका छौं । कुरा समाजको मुख्य यन्त्र, मन्त्र, शस्त्र “राज-नीति”को गरौं – जस्को पुच्छरमा “नीति” जोडिएको छ । यो शब्द नै यस्तो बन्यो कि अब नियमअनुसार हेर्ने हो भने “राज” गर्नेले “नीति” बनाउनु पर्ने भो ।
जहाँ “राज” नै मौसम भन्दा बढी परिवर्तन हुन्छ त्यहाँ “नीति” कसरी स्थिर हुन्छ ? “नीति” का पिता स्वयं चाणक्य कतै का “राज” थिएनन् । गुरू, त्यही बेला यो शब्दलाई थोरै घुमाएर “नीतिराज” बनाइदिएको भए, सायद ती “नीति”हरू काम लाग्ने थिए की त ? यी '"राज"हरू लाई "नीति" ले चलाउँथ्यो की त ? “नीति” लाई कुमालेको चक्र झै घुमाई घुमाई रजाइँ गर्ने “राज” को मनोमानी तब बढ्यो जब transplant गरे जस्तो अर्को पुच्छर पनि यिनै 'राज' हरूकै खेतालो भयो - देउता ले हालेको अदृश्य पुच्छर । यसरी समाजमा देख्न, छाम्न र थाम्न नसकिने २,२ वा पुच्छर बोकेर हिँड्ने "राज"हरू को हाली मुहाली हुन लाग्यो । दोश्रो पुच्छर चाहीँ आफैंलाई काम फत्ते पार्ने ‘कार्यकर्ता’ भनेर चिनिन रुचाउँछन् । अब तिन्को पनि पुच्छर होला, सिङ् होला, कथा-व्यथा होला, त्यता तिर नजाऊँ । यसरी Extra पुच्छर पाएका टाउके हरू अब आ-आफ्नै झुन्ड र मोर्चा बनाउन मा तल्लीन रहे – टाउका का आफ्नै झुन्ड र पुच्छरका आफ्नै झुन्ड ।


Kasam yaar....ekdumai mann maa khadkeko kkkuraa yastai yastai ni ho.....sarhai... ni majaale prastut garis yaarrr...;)
ReplyDeleteChhoyo chhoyo...